नेपालगन्ज, ९ असोज । बाँकेको जमुनाहा नाकामा शनिबार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
झडपमा परी आन्दोलनकारीसहित १० जना घाईते भएका छन् । नेपालगञ्जमा रहेको रुपेडि-जमुनाहाको नेपाल-भारत सीमा दशगजामा मधेसी मोर्चाका आन्दोलनकारीले आवतजावतमा अवरोध पुर्याएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।
झडपमा प्रदर्शनकारीहरुले प्रहरीमाथि दशगजा क्षेत्रबाट ढुङगा प्रहार गरेका थिए । प्रदर्शनकारीको ढुङ्गा लागेर प्रहरी नायब निरीक्षक दिलबहादुर घर्ती, हवल्दार सुरेश बस्याल लगायत ४ जना प्रहरी घाइते भएका छन् ।
प्रदर्शनकारीतर्फ संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य जगदीशबहादुर सिंहलगायत ६ जना घाइते भएको मोर्चाले जनाएको छ । झडपका क्रममा भारतीय भूमिबाट नेपालका प्रहरीलाई ढुङ्गा प्रहार गर्न थालेपछि भारतीय प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो ।
जसमा मधेसी मोर्चाका नेताहरु पनि थिए । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त पन्तले अहिले त्यहाँको अवस्था समान्य बन्दै गएको बताएका छन् ।












प्रतिक्रिया