काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशील कोइराला कैलालीको टीकापुर पुगेका छन् ।
एसएसपीसहित ९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको एक महिनापछि प्रधानमन्त्री कोइराला त्यहाँको अवस्था बुझ्न शनिबार विहानै सेनाको हेलिकप्टर चढेर काठमाडौंबाट टीकापुर उडेका थिए ।
टीकापुर पुगेका प्रधानमन्त्री कोइरालाले कैलालीका स्थानीय नेताहरुलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री कोइरालाले घटनास्थलको समेत अवलोकन गर्ने छन् । प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले टीकापुरमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
यस्तै, प्रधानमन्त्री कोइराला आजै भैरहवा र नवलपरासी पनि जाने भएका छन् । त्यहाँ पनि प्रधानमन्त्रीले स्थानीय असहज परिस्थितीबारे जानकारी लिनेछन् ।















प्रतिक्रिया