२१ कार्तिक २०८३, शनिबार

भारतीय नाकाबन्दीविरुद्ध उत्रियो विप्लव माओवादी, राजधानीमा प्रदर्शन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chandकाठमाडौं, ९ असोज । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतीय हस्तक्षेपविरुद्ध राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ ।

यसअघि भारतले नाकाबन्दीको धम्की दिएलगत्तै विज्ञप्ती निकालेर प्रतिकार गर्ने चेतावनी दिएको विप्लव माओवादीले आइतबार राजधानीमा वृहत प्रदर्शन गर्ने जनाएको हो ।

विप्लव माओवादीका नेता क्षितिज मल्लका अनुसार आइतबार दिउँसो दुई बजे शान्तिवाटिका रत्नपार्कबाट प्रदर्शन सुरु हुनेछ । प्रदर्शनमा नारा जुलुससहित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको छ ।

‘नारा जुलुससहितको र्‍याली लिएर भारतीय दूतावास जान्छौं, त्यहाँ ज्ञापनपत्र बुझाएर रत्नपार्क, पुरानो बसपार्क, बागबजार, सुन्धारा लगायतका क्षेत्रमा वृहत प्रदर्शन गर्छौ,’ विप्लव माओवादीका नेता मल्लले भने ।

उनका अनुसार र्‍यालीपश्चात कोणसभाको आयोजना गरी भारतलाई हस्तक्षेप रोक्न सुझाव तथा चेतावनी दिइने छ । प्रदर्शन कार्यक्रमको नेतृत्व पार्टी महासचिव विप्लव तथा प्रवक्ता प्रकाण्डले गर्नेछन् ।

विप्लव माओवादीले भारतीय नाकाबन्दी तत्काल हटाउनुपर्ने, भारतीय हस्तक्षेप रोक्नुपर्ने माग राख्दै प्रदर्शन गर्न लागेको हो ।