२१ कार्तिक २०८३, शनिबार

भारतविरुद्ध राष्ट्र एकजुट हुँदै, सर्वदलीय बैठक आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM-residence-Baluwatarकाठमाडौं, ९ असोज । मधेसवादी दल र तिनका नेताहरूको समर्थनमा भारतले नेपालविरुद्ध अघोषित नाकाबन्दी गरेपछि त्यस विषयमा छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

आज बेलुका छ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा भारतले नेपालविरुद्ध गरेको नाकाबन्दीका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोलाइएको छ ।

भारतको नाकाबन्दीविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा सर्वदलीय बैठकमा योजना बनाइनेछ ।

बैठकमा असोज १५ गते आह्वान गरिएको संसदको बैठकमा विषयमा पनि छलफल हुने बुझिएको छ ।