२१ कार्तिक २०८३, शनिबार

राजेन्द्र महतोले रातभरि काठमाडौंमा के के गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahatoकाठमाडौं, ९ असोज । मधेस आन्दोलनमा झण्डै डेढ महिनासम्म तराईका विभिन्न जिल्लाको बसाइपछि शुक्रबार बेलुका अचानक काठमाडौं आपुग्नु भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक भेटवार्तालाई तीब्र बनाउनुभएको छ ।

काठमाडौं उत्रिएलगत्तै अध्यक्ष महतोले काठमाडौंको लाजिम्पाटस्थित एउटा पाँच तारे होटेलमा भारतीय राजदूत रञ्जित रेलगायतका विभिन्न दलका नेताहरूसँग भेटवार्ता गर्नुभएको बुझिएको छ ।

स्रोतका अनुसार भारतीय राजदूतावासको दवावपछि काठमाडौं आउनुभएका अध्यक्ष महताले प्रमुख दलका शीर्ष नेताहरूसँग पनि गोप्य रुपमा भेट गर्नुभएको हो । अध्यक्ष महतोको कार्यक्रम र भेटवार्ताका विषयमा सद्भावना पार्टीले आधिकारिक रुपमा केही नबताए पनि निकासका वार्ता र सम्वाद जारी रहेको स्वीकार गरेको छ ।

स्रोतले भन्यो, ‘अध्यक्ष राजेन्द्र महतोले भारतीय राजदूतावासको पहलमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । त्यसपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरसँग पनि भेट गर्नुभएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसमा रहेकाले उहाँसँग टेलिफोनमा वार्ता भएको छ ।’

अध्यक्ष महतो आजै बाराको सिमरा हुँदै वीरगञ्ज जाने कार्यक्रम रहेको बझिएको छ । यद्यपि, अध्यक्ष महतोले यस विषयमा केही बताउनुभएको छैन ।

टेलिफोन सम्पर्कमा आउन नचाहनु भएका अध्यक्ष महतोले मधेस आन्दोलनमा आफूलाई केन्द्रित गराउँदै आउनुभएको छ ।

तराई मधेस आन्दोलनमा आफूलाई कडा रुपमा प्रस्तुत गर्नुभएका सद्भावना पार्टीका अध्यक्ष महतोले भारतीय विदेश सचिवलाई पनि भेट गर्नुभएको थिएन ।