२१ कार्तिक २०८३, शनिबार

राजेन्द्र महतोले खुलाए मधेस आन्दोलनको रहस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Mahatoकाठमाडौं, ९ असोज । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको उद्देश्यबारे खुलासा गरेका छन् । उनले संविधानमा मधेसीको हकअधिकारका लागि आन्दोलन भइरहेको बताए ।

राजधानीमा सुरु हुन लागेको मधेसी मोर्चाको एकता बैठकअघि आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जबसम्म मधेसीको माग पूरा हुँदैन तबसम्म आन्दोलन जारी रहनेछ भने । उनले आन्दोलन संविधानमा अधिकारका लागि भइरहेको र यो कुनै वर्ग समुदायको विरुद्ध नरहेको स्पष्ट पारे ।

उनले विगतमा भएका सम्झौता अनुरुप मधेसका भू–भाग रहेका झापा, मोरङ र सुनसरीलाई मधेसकै प्रदेशमै राख्नुपर्ने जिकिर गरे । उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप पनि लगाए ।