२१ कार्तिक २०८३, शनिबार

दिल्लीको गुनासो बोकेर आए राजदूत उपाध्याय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dip-kumar-updhiyaकाठमाडौं, ८ असोज । भारतका नेपाली राजदूत दीपकुमार उपाध्याय शुक्रबार दिल्लीबाट काठमाडौं आइपुगेका छन्

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै अषोषित रुपमा भारतले नेपालमा नाकाबन्दी लगाएपछि त्यस विषयमा छलफल गर्न राजदूत उपाध्याय काठमाडौं आएका हुन् ।

भारतको असन्तुष्टि र संस्थापन पक्षसँग भेट गरेर परामर्श गरेका राजदूत उपाध्याय समस्या समाधानका लागि नेपाल सरकारले गर्नुपर्ने पहलका विषयमा सुझाव दिन त्रिभुवन विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

भारतले मधेसी मोर्चाका माग र मुद्दालाई नेपालमा संस्थागत गराउन राजनीतिक दल र नेपाल सरकारलाई दवाव दिँदै आएको छ । दवाव खेप्न प्रमुख दलहरूलाई हम्मेहम्मे परिरहेका बेला राजदूत उपाध्यायले भारतको चाँहेको कुरा सुनाउने छन् ।