३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नेपाली खेलाडीले जिते पदक (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

america-game

अमेरिका । नेपाल सितोरियु करातेका अमेरिका निबासी खेलाडी उज्ज्वल ठकुरीले गत सेप्टेम्बर १९ तारिख शनिबारका दिन न्युजर्सी राज्यमा सम्पन्न  युनाइटेड मार्शलआर्टस रेफ्री एसोसिएसन लिग च्याम्पियनसिपमा ३५ देखि ४४ वर्ष उमेर  समुहको खेलमा  तेस्रो पदक जित्न सफल भएका छन् ।

भने च्याम्पियनसिप ट्रफीका लागिभएको  भिडन्तमा उनि अमेरिकाका ग्रान्ड च्याम्पियन संग पराजित भएका थिए , उक्त प्रतियोगितामा ४ राष्ट्रका करिब २५० खेलाडीहरुको शहभागीता रहेको थियो ।

हाल सम्म ठकुरीले अमेरिकाका मेरिल्याण्ड , पेन्सलभेनिया र न्युजर्सीमा शहभागीता जनाउदै दुइ स्वर्ण एक रजत र एक काश्य गरि ४ बटा पदक ट्रफी प्रप्तगर्दै नेपालसितोरियु कराते खेल साथै राष्ट्रको नाम उच्च राख्न समेत सफल भएकाछन् भने उक्त उमेर समुहमा पनि खेल मार्फत तन्दुरुस्त रहन सकिन्छ भन्ने शन्देश दिन  समेत सफल भएका छन् ।

america-game (1) america-game (2) america-game (3)