२१ कार्तिक २०८३, शनिबार

बाबुरामलाई मधेसमा पाइला टेक्न नदिने मधेसी मोर्चाको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BABURAM-BHATTARAIजनकपुर, ७ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई मधेस छिर्न नदिने घोषणा गरेको छ ।

शुक्रबार धनुषाको जनकपुर जान लागेका बाबुरामलाई रोक्नकै लागि मधेसी मोर्चाको बैठक विहीबार जनकपुरमा बसेको थियो । बैठकले बाबुरामलाई कुनै हालतमा मधेस प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

मोर्चाले भट्टराईको कार्यक्रम बहिस्कार गर्नुका साथै अवरोध गर्ने निर्णय गरेको प्रवक्ता संजय सिंहले बताए । मधेस विरोधी संविधानमा हस्ताक्षर गर्ने बाबुराम अहिलेको अवस्थामा मधेसमा आउनुमा एमाओवादी पनि जिम्मेवार छ,’ उनले भने ।

नयाँ संविधानमा थारु, मधेसी र जनजातिलाई सम्बोधन नगरिएको भन्दै असन्तुष्ट भट्टराई शुक्रबार जनकपुर जाने कार्यक्रम छ ।