२१ कार्तिक २०८३, शनिबार

मधेस आन्दोलन तुहाउने सपना नदेख्न उपेन्द्र यादवको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra-yadav1काठमाडौं, ७ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना माग पूरा नभएसम्म मधेस आन्दोलन कुनै हालतमा नरोकिने बताएका छन् ।

विहीबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष यादवले मधेसी र थारु आन्दोलनको यस संवेदनशील एवं निर्णायक क्षणमा नेता, पार्टी र आन्दोलनलाई नै बद्नाम गर्ने चेष्टा नगर्न अनुरोध गर्दै आन्दोलन सफल भएरै छाड्ने दाबी गरेका छन् ।

अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाद्धारा जारी विज्ञप्तीमा मधेश/थरुहट आन्दोलन प्रतिगामी संविधान र सरकारविरुद्व भएकोले आन्दोलनलाई बद्नाम गरी त्यसलाई तुहाउने दिवास्वप्न नदेख्न चेतावनी समेत दिइएको छ ।

‘मधेश आन्दोलन सार्थक निष्कर्षमा पु¥याउन समन्वयकारी भूमिका एवं माग सम्बोधनका लागि दबाब सिर्जना गर्न छिमेकी मुलक भारत र चीन लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको साथ, सहयोग र समर्थन सधैँ आवश्यक रहेकोले छिमेकी मुलुकहरुको सम्बन्धमा प्रतिकूल असर पर्ने गलत प्रचारबाजी नगर्न अनुरोध छ ।’ विज्ञप्तीमा भनिएको छ ।

यस्तो उपेन्द्र यादवको प्रेस विज्ञप्ती जस्ताको तेस्तैः

मिति २०७२ असोज ६ गते सप्तरीको राजविराजमा सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकको निर्णयलाई लिएर केही संचारमाध्यम र प्रायोजित व्यक्तिहरुले संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बद्नाम गर्न खोजिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मोर्चाको बैठकमा हुँदै नभएको छलफललाई निहुँ बनाएर गरिएको गलत प्रचारबाजीप्रति खेद गर्दै मधेशी र थारु आन्दोलनको यस संवेदनशील एवं निर्णायक क्षणमा नेता, पार्टी र आन्दोलनलाई नै बद्नाम गर्ने चेष्टा नगर्न अनुरोध छ ।

मधेश/थरुहटमा जारी अनिश्चितकालीन आन्दोलनमा केही गलत तत्वले छिमेकी मुलुक चीनको राष्ट्रिय झन्डा जलाएको घटनाप्रति मोर्चाले सर्वसम्मत रुपमा दुःख व्यक्त गरेको प्रष्ट पार्न चाहन्छौं । मोर्चाको निर्णय नं. ७ मा भनिएको छ,–‘२०७२ असोज ५ गते सुनसरीको इनरुवामा केही ब्यक्तिहरुले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय झण्डा जलाउने कार्य गरेको हुँदा सो कार्यको मोर्चा घोर भत्र्सना एवम् निन्दा गर्दछ ।’

मधेश आन्दोलन सार्थक निष्कर्षमा पु¥याउन समन्वयकारी भूमिका एवं माग सम्बोधनका लागि दबाब सिर्जना गर्न छिमेकी मुलक भारत र चीन लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको साथ, सहयोग र समर्थन सधैँ आवश्यक रहेकोले छिमेकी मुलुकहरुको सम्बन्धमा प्रतिकूल असर पर्ने गलत प्रचारबाजी नगर्न अनुरोध छ । मधेश÷थरुहट आन्दोलन प्रतिगामी संविधान र सरकार विरुद्व भएकोले आन्दोलनलाई बद्नाम गरी त्यसलाई तुहाउने दिवास्वप्न देख्ने गलत नियतका तत्वहरुको पूर्वाग्रही भ्रममा नपर्न समेत सबैमा अनुरोध छ ।

महेश चौरसिया
प्रेस संयोजक