३० आश्विन २०८३, शुक्रबार

मदिरा उद्योग स्थापना गर्न अब नयाँ मापदण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madira-udyaogeकाठमाडौं, ७ असोज । औद्योगिक प्रवर्द्धन बोर्डको २१६ औं बैठकले मदिरा तथा बियर उद्योग स्थापनार्थ एवम् उद्देश्य थप र क्षमता वृद्धि समेतका लागि अनुमति प्रदान गर्ने सम्बन्धको संशोधित मापदण्ड लागू गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

असोज १ गते बसेको उद्योगमन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । उद्योग मन्त्रालय, प्रविधि तथा वातावरण महाशाखाका सहसचिव ऋषिराज कोइरालाको संयोजकत्वमा मदिरा तथा बियर उद्योगहरूको विद्यमान मापदण्ड पुनरावलोकन गर्न गठित कार्यदलले पेश गरेको प्रतिवेदनलाई सिद्धान्ततः स्वीकृति प्रदान गर्दै यस्तो निर्णय गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रेस संयोजक अजय शर्माका अनुसार संलग्न अनुसुची– १ मा रहेको मदिरा तथा बियर उद्योग स्थापनार्थ एवम् उद्देश्य थप र क्षमता वृद्धि समेतका लागि अनुमति प्रदान गर्ने सम्बन्धको संशोधित मापदण्ड लागू गर्न स्वीकृति दिने, नयाँ मदिरा वा वियर उत्पादन गर्ने उद्योग स्थापना गर्ने तथा विद्यमान मदिरा वा वियर उत्पादन गर्ने उद्योगहरुको क्षमता वृद्धि तथा उद्देश्य परिवर्तन गर्ने अनुमति प्राप्तिरको लागि पर्ने आवेदनहरुमा अनुमति प्रदान गर्ने कार्य स्थगन गरिएकोमा सो कार्य फुकुवा गर्ने, नयाँ मदिरा तथा बियर उद्योगहरूको अनुमति एवम् विद्यमान मदिरा तथा बियर उद्योगहरूको क्षमता वृद्धि र उद्देश्य थपका लागि परेका वा पर्ने आवेदनहरू औद्योगिक प्रवर्द्धन बोर्डमा पेश गर्ने निर्णय भएको हो ।