१० कार्तिक २०८३, मंगलबार

नेपाली पत्रकार रुबेन गुरुङलाई भारतको भागीरथी पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ७ असोज । सन् २०१४/२०१५ को भागिरथी पुरस्कारबाट वरिष्ठ भारतीय नेपाली पत्रकार रुबेन गुरुङ सम्मानित भएका छन् ।

तीन दशकभन्दा लामो समयदेखि पत्रकारिता र समाजसेवामा सक्रिया गुरुङलाई भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहका बीच भागिरथी पुरस्कार प्रदान गरिएको हो ।

भारतको दिल्लीमा सक्रिय भागिरथी सामाजिक र सांस्कृतिक मञ्चले भागीरथी सामाजिक अनि सांस्कृतिक मञ्चले पत्रकारिता, सामाजिक कार्य, शिक्षा, न्याय, चिकित्सा, खेलकुद र कलाको क्षेत्रमा निस्वार्थ सेवा गर्दै कर्मवीरहरुलाई १६ वर्षदेखि पुरस्कार प्रदान गर्दै आएको छ ।

RG1यसअघि, दिल्लीमै सक्रिय नेपाली भाषी साहित्यकार उत्तम क्षेत्री, हेनरीकुमार मुखियालाई पनि प्रदान गरिसकेको छ । जातिवाद र मानव तस्करीविरुद्ध कार्य गरिरहेको गैरसरकारी संस्था आर्नोवाका संस्थापक अध्यक्ष गुरुङ गोरखाल्याण्ड अभियन्ता पनि हुन् । साथै भारतीय नेपाली टेलिभिजन एबीएनका प्रमुख गुरुङलाई दिल्ली प्रदेश कांग्रेसका पूर्व अध्यक्ष तथा सांसद् जेपी अग्रवालले सम्मान गरेका हुन् । कार्यक्रममा दिल्ली नगर निगमकी पूर्व मेयर तथा सांसद् डा अनिता आर्य, दिल्लीका पूर्व परिवहन मन्त्री सौरभ भारद्वाजलगायतको उपस्थिति रहेको थियो ।

समारोहलाई साहित्यकार उत्तम क्षेत्री, हेनरी भी कुमार मुखिया, सामाजिक कार्यकर्ता टेकलाल श्रेष्ठ, लेखक, ईशु चामलिङ, आर्नोवाकी अध्यक्ष बन्दना राई, अनुरिता दास, अनु क्षेत्री, युधिष्ठिर द्वारिका शाह, काशीराम आचार्य, नन्दराम घिमिरे, प्याट्रिशिया निकोस लगायतले कृतज्ञता ज्ञापन गरेका थिए ।