२१ कार्तिक २०८३, शनिबार

नाकाबन्दी धम्कीपछि नेपालविरुद्ध भारतको अर्काे प्रहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tranker-oil

वीरगन्ज, ६ असोज । नेपालमा जारी भएको संविधानमा असन्तुष्टि जनाउँदै विभिन्न प्रतिक्रिया दिइरहेको भारतले नेपालमाथि अर्काे प्रहार गरेको छ ।

नाकाबन्दी देखि संविधान संशोधनसम्मको प्रतिक्रिया दिएको भारतले सीमा नाकामा नेपाली नागरिकमाथि कुटपिट समेत गरेको छ । भारतीय सुरक्षाकर्मीले सीमा नाकामा सुरक्षाका नाममा दुःख दिएको र नमाने कुटपिट समेत गर्न थालेको पीडित नेपाली नागरिकले बताएका छन् ।

मंगलबार नेपाली ट्याङ्कर चालकलाई कुटपिट गरेको भारतले बुधबार मधेसका विभिन्न नाकामा भारत आउजाउ गरिरहेका नेपालीलाई चेकजाँचका वहानामा कुटपिट गरेको हो । मंगलबार साँझ रक्सौलस्थित भारतीय आयल निगमको डिप्पो परिसरबाट इन्धन लिएर निस्किएको ना ५ ख ३४११ को ट्याङ्करका चालक पशुपति पाठकलाई भारतीय सुरक्षाकर्मीले कुटेर घाइते बनाएका थिए ।

भारतीय प्रहरीको कुटपिटबाट उनको हातमा गम्भीर चोट लागेको छ । तेल भरेर डिप्पो बाहिर निस्किएको ट्याङकरलाई भारतीय प्रहरीले फेरि पछाडि फर्काउन भन्दै धम्की दिएपछि नमान्दा चालक पाठक कुटिएको ना ५ ख ३२८१ नम्बरको ट्याङ्करका चालक वसीर हवारीले बताए ।

भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकहरुले भारतबाट हुने इन्धनको ढुवानी बुधबारदेखि ठप्प पारिदिएका छन् । सहकर्मी कुटिएपछि असुरक्षाको कारण देखाउँदै चालकहरुले बुधबारदेखि वीरगन्ज भन्सार नाकामै खाली ट्याङ्करहरु थन्काएका हुन् ।