२१ कार्तिक २०८३, शनिबार

नागरिक समाजका अगुवा बोलाएर बाबुरामले सरकारलाई तराई मधेसबारे दिए यस्तो सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam Bhattaraiकाठमाडौँ, ६ असोज । नागरिक समाजका अगुवाले थारु, मधेसीलगायतले गरेका आन्दोलनका मागलाई वार्ता, सम्झौता एवम् सहमतिद्वारा राजनीतिक रुपमा सम्बोधन गर्न आह्वान गरेका छन् ।

नयाँ संविधानप्रति असन्तुष्ट पक्षको आवाज वार्ता, संवादद्वारा अविलम्ब समाधान गर्न सरकार तथा दलहरुलाई अगुवाहरुले आज संयुक्त प्रेस वक्तव्यमार्फत आह्वान गर्नुभएको हो । वक्तव्यमा असन्तुष्ट पक्षका आवाज राज्यशक्तिको बल प्रयोग एवम् प्रशासनिक रुपमा समस्याको समाधान नहुने धारणा राखिएको छ ।

सो धारणा राख्नेमा दमननाथ ढुङ्गाना, प्रा डा लोकराज बराल, प्रा डा ओम गुरुङ, मल्ल के सुन्दर, पद्मरत्न तुलाधर, विद्याधर मल्लिक, सिके लाल, प्रा डा कृष्ण हाछेथु, खगेन्द्र सङ्ग्रौला, गणेशकुमार मण्डल, अशोक शर्मा, सुरज वैद्य, अनुभव अजित, सुदीप पोखरेल, प्रभात झा, मिङ्मा दोर्जी शेर्पालगायत हुनुहुन्छ ।

विज्ञप्तिमा भनिएको छ, “संविधानसभाद्वारा संविधान निर्माण प्रक्रिया द्वन्द्वको निकासका रुपमा शान्ति प्रक्रियाको मुख्य राजनीतिक अङ्ग हो, उक्त कार्यभार पूरा गर्ने क्रममा एउटा वा अर्काे प्रक्रिया वा रुपको द्वन्द्वको बीजारोपण गर्नु वा आधार बाँकी राख्नु गलत हुन्छ ।”

यसैबीच एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले नयाँ संविधाननिर्माण पछिको अवस्थाका बारेमा नागरिक समाजका अगुवासँग आज छलफलसमेत गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

भावनामा बहकिएर हुँदैनः बराल

भारतका लागि पूर्वराजदूत प्रा डा लोकराज बरालले नेपालले आफ्नो आन्तरिक समस्या समाधान गरेमा दुई देशको सम्बन्ध पहिलेकै अवस्थामा फर्किने बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँले अहिले नाकाबन्दी गराउने अवस्थामा भारत जाला जस्तो आपूmलाई नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भारत सम्बन्ध जटिल छ, भावनामा बहकिएर समस्याको समाधान हुँदैन ।” रासस