काठमाडौँ, ६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले पठाएको भनिएको सात बुँदे प्रस्तावप्रति कडा आपत्ति जनाउनुभएको छ ।
नेपाली महिला आन्दोलनको शिखर नृत सहाना प्रधानको प्रथम स्मृति दिवस दिवसमा राजधानीमा बुधबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतीय रवैयाको कडा आलोचना गर्नुभयो ।
नागरिकताको अंगिकृत प्रावधान र राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीसहितका पदमा वंशजका नागरिक मात्र हुन सक्ने व्यवस्था हटाउनुपर्ने भारतीय सुझावलाई मान्न कुनै आवश्यक नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो आज अंगीकृत नागरिकता लिएर भोलिनै राष्ट्रपति, मुख्यमन्त्री हुनुपर्ने आवश्यकता किन ? यो सपना नदेखे हुन्छ ।’
एमाले अध्यक्ष ओलीले फराकिलो छाती बनाउन भारतलाई सुझाव पनि दिनुभयो । नयाँ संविधान नेपालीका लागि नेपालीले नै बनाएको भन्दै उहाँले छिमेकी र अन्य देशलाई टाउको दुखाउन जरुरी नरहेको बताउनुभयो ।
यो पनि पढ्नुहोस्:
यस्तो छ भारतको नेपालसँग सात बुँदे शर्त (सूचीसहित)













प्रतिक्रिया