१० कार्तिक २०८३, मंगलबार

नेपालमा नाकाबन्दी गरे भारतविरुद्ध युवा परिचालन गर्ने विप्लव माओवादीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplopकाठमाडौं, ६ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतले नेपालमा नाकाबन्दी गरे युवा दस्ता परिचालन गरी भारतविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै विप्लव माओवादीले असोज ३ गते घोषणा भएको संविधानमा असन्तुष्टि जनाएर भारतले सोही बाहनामा पुरै नेपालीलाई असर पर्नेगरी नाकाबन्दी गरे सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको हो ।

नेपाली शासक वर्ग र नेपाली जनताबीचको सत्तासंघर्षको फाइदा उठाउँदै नेपालमाथि प्रभुत्व मजबुत बनाउने तथा नेपालको अखण्डतामाथि माथि बाधा पुर्याउने उद्देश्यले भारतीय शासक वर्गको हस्तक्षेप स्वीकार्य नहुने पनि विप्लवले जनाएका छन् ।