काठमाडौं, ६ असोज । विगत डेढ मिहनादेखि तराई मधेसमा आमहड्ताल र बन्दका कार्यक्रम राखेर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले राजविराजमा अड्डा जमाएका छन् ।
आन्दोलनको समीक्षा र भावि आन्दोलनका विषयमा छलफल गर्न मधेसी मोर्चाका शीर्ष नेताहरू सप्तरीको राजविराजमा जम्मा भएका हुन् ।
उनीहरूले आन्दोलनलाई नाका र सडक केन्द्रित बनाइ पहाडी क्षेत्रलाई अस्तव्यस्त बनाउने योजनामा रहेको स्रोतको भनाइ छ ।
संविधान निर्माणमा असन्तुष्ट देखिएका उनीहरूले प्रमुख तीन दलले आफूहरूको मागलाई सम्बोधन नगरेको आरोप लगाउँदै आएका छन् ।












प्रतिक्रिया