२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कोइरालाले यसकारण भ्रमण रद्द गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-Pmकाठमाडौं, ६ असोज । तराई मधेसमा सल्किएको आन्दोलनको आगो र असन्तुष्ट पक्षको वार्ता तथा सम्वादका लागि प्रधनमन्त्री सुशील कोइरालाले आफ्नो विदेश भ्रमण रद्द गर्नुभएको छ ।

आन्दोलनरत समूहको मागका विषयमा वार्ता गर्नका लागि कोइरालाले आफ्नो भ्रमण रोक्नुभएको स्रोतले जनाएको छ ।

कोइराला संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर आज अमेरिका जाने कार्यक्रम थियो ।

कोइरालाले आन्दोलनरत मेधस केन्द्रित दलका नेताहरूसँग समस्या समाधानका लागि वार्ता पनि गर्नुभएको छ । सकारात्मक सन्देश आएपछि कोइरालाले विदेश भ्रमण रोकेर वार्तालाई प्राथमिकतामा राख्नुभएको हो ।