१० कार्तिक २०८३, मंगलबार

मधेसका तीनवटा सीमा नाका ठप्प, एसएसबीले नेपालीलाई छानीछानी कडा चेकजाँच गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian_ssb_on_nepali_borderगौशाला, ५ असोज । भारतले आज बिहानदेखि महोत्तरी जिल्लाको तीनवटा सीमा नाकामा यातायात ठप्प गरेको छ ।

महोत्तरीको मुख्य भन्सार नाका भिठ्ठामोड, मटिहानी र सम्सीबाट भारत आवतजावत गर्ने सम्पूर्ण सवारी तथा मालबाहक गाडीलाई भारत बिहारको सीमा सुरक्षा बल (एसएसबी)ले आज बिहानदेखि रोक लगाएको छ ।

भारतले मोटरसाइकल, साइकल, जिपलगायतका कुनै पनि साधन नेपालबाट भारत जान दिएको छैन । पैदल यात्रीलाई समेत निकै सोधपुछ गरेर अत्यावश्यक काम परेकालाई मात्रै भारत जान दिने गरिएको छ ।

यसका साथै महोत्तरीका विभिन्न गाउँठाउँबाट दैनिक उपभोगका सरसामान खरिद गर्न सीमापारिका बजारमा गएकालाई भारतको सीमामा खटिएका सीमा सुरक्षा बलले हातहातमा स–साना झोलामात्र ल्याउन दिएका छन् भने ठूलो पोकामा कुनै पनि सामान ल्याउन रोक लगाएका छन् । रासस