३० आश्विन २०८३, शुक्रबार

राष्ट्र बैंककले विशेष सिक्का जारी गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

national-bank-nepal1काठमाडौँ, ४ असोज । संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंककले रु दुई हजार र रु एक सय मूल्य अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले रु दुई हजारको चाँदीको सिक्का र रु १०० को निकेलको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर गोपाल काफ्लेले जानकारी दिनुभयो ।

उक्त सिक्कामा ‘नेपालको संविधान २०७२’ लेखिने र अन्य नमुनाका बारेमा राष्ट्र बैंकले तयारी गर्नेछ । आगामी दसैँको नजिक उक्त सिक्का जारी गर्ने तयारी गरेको उहाँले बताउनुभयो । यो सिक्का सर्वसाधारण जनताले प्रयोगमा ल्याउन सक्नेछन् । रासस