१० कार्तिक २०८३, मंगलबार

खेल्दाखेल्दै सेनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-sena1गोरखाबजार, ४ असोज । ब्याडमिन्टन खेलिरहेको अवस्थामा एक्कासि बेहोस भई भुइँमा ढलेपछि गोरखा सदरमुकामको भैरवी दल गणस्थित फूलबारी ब्यारेकमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।

लमजुङ सुन्दरबजार घरभएका ३५ वर्षीय चित्रबहादुर तामाङको आज बिहान मृत्यु भएको हो । उहाँ हुद्दा पदमा कार्यरत हुनुहुन्थ्यो ।

बेहोस भई ढलेपछि तामाङलाई उपचारका लागि गोरखा जिल्ला अस्पताल लगिए पनि पहिले नै उहाँको मृत्यु भएको थियो । लगातार दुई पटक ब्याडमिन्टन खेल्नुभएका उहाँ एक्कासि ढल्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार खेल खेल्ने क्रममा बेहोस हुनुभएका तामाङको निधन भएको हो । शवको परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी गरिएको नेपाली सेनाको भैरवी दल गणले जनाएको छ । रासस