१ कार्तिक २०८३, शनिबार

खाद्य संस्थानले छ महिनापछि खाद्यान्न पठायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khadyannaजाजरकोट, ४ असोज । जिल्लाका खाद्यान्न सङ्कट देखापरेका एक दर्जन गाविसका लागि आइतबार खाद्यान्न पठाएको छ ।

जिल्लाको चौखा र घाट डिपोमा खाद्यान्न पठाएको नेपाल खाद्य संस्थान जाजरकोटमा प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो । रग्दाको चौखा डिपोमा ४५ क्विन्टल र घाट डिपोका लागि ४० क्विन्टल २० किलो चामल पठाएको बस्नेतले बताउनुभयो ।

यहाँका डिपोमा छ महिनादेखि खाद्यान्न नहुँदा स्थानीयवासीमा समस्या परेको थियो । नयाँ अन्न नपाकेको र पुरानो सकिएका कारण जिल्लाका दर्जन बढी गाविसमा खाद्यान्न सङ्कट देखा परेको थियो । खाद्यान्न घोडा र खच्चडमार्फत ढुवानी गरी डिपोमा पु¥याइने छ ।

केही दिनअघि जिल्ला खाद्य सुरक्षा समितिले खाद्य सङ्कट देखापरेका ठाउँमा तत्काल खाद्यान्न पठाउन लागि नेपाल खाद्य संस्थानको केन्द्रीय कार्यालयलाई ढुवानी भाडा बढाएर पठाउन अनुरोध गरेको थियो ।

वर्षात्का कारण यहाँका ग्रामीण क्षेत्रका सडक बन्द भएका कारण पुरानो भाडा दरमा खाद्यान्न ढुवानी गर्न समस्या आएपछि भाडा दर बढाउन केन्द्रसँग माग गरिएको थियो । केन्द्रसँग भाडा बढाउन माग गरे पनि अहिलेसम्म भाडा दरको विषयमा सुनुवाइ नगर्दा नेपाल खाद्य संस्थान जिल्ला शाखाले नै पुरानो दरमा जिल्लामा मौज्दात रहेको अघिल्लो वर्षको चामल ग्रामीण क्षेत्रका दुईवटा खाद्य डिपोमा पठाएको हो ।

केन्द्रले नयाँ ठेक्का अहिलेसम्म स्वीकृत गरेको छैन । यहाँका रग्दा, भगवती, नायकवाडा, रोकायगाउँ, रामीडाँडा, सक्ला, खगेनकोट र लहँ गाविसका ३० हजार बढी नागरिकलाई लक्षित गर्दै यो चामल पठाएको हो ।

जिल्लाका अन्य ठाउँमा पनि खाद्यान्न सङ्कट रहे पनि कार्यालयले खाद्यान्न पठाउन सकेको छैन । यस वर्ष मकै बाली र धान बालीमा फैजी किराको प्रकोपले गर्दा उत्पादनमा निकै कमी आउने किसानले बताएका छन् ।

अहिले लगातार एक महिनादेखि पानी नपर्दा खेतमा रोपेको धान, तरकारी बाली, मकै सुकिसकेको किसानले बताएका छन् । पानी नपर्दा खोलामा पनि सुकेका कारण सिँचाई गर्न नपाएको पैकका अमृत गौतमले वताएका छन् । रासस