१० कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prateek-pradhanकाठमाडौं, ४ असोज । पत्रकार प्रतिक प्रधानले प्रधानमन्त्रीको प्रेस सल्लाहकार पदबाट राजीनामा दिएका छन् ।

आफ्नो वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि भन्दै प्रधानले प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाहकार पदबाट सोमबारदेख लागू हुनेगरी राजीनामा गरिएका हुन् ।

राजनीमा दिँदै उनले भनेका छन्–‘आफ्नो वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि प्रधानमन्त्रीको प्रेश सल्लाहकार पदबाट आजैदेखि लागू हुनेगरी राजिनामा गरेको छु ।’

नागरिक दैनिकका पूर्व प्रधानसम्पादक रहनुभएका प्रधान गत जेठ २२ गते प्रधानमन्त्री कोइरालाको प्रेस सल्लाहकारमा नियुक्त भएका थिए ।