१० कार्तिक २०८३, मंगलबार

सरकारले टिम बनाए सहयोग गर्छौ : अध्यक्ष झा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anil Jhaकाठमाडौं, ४ असोज । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी र थारुहरुको माग संबोधन गर्ने गरी संविधान संशोधनको लागि सरकारले टिम बनाए आफूहरु सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर अध्यक्ष झाले नयाँ संविधानमा अन्तिम समयसम्म पनि माग संबोधन हुने आशामा रहेका मधेसी जनताहरु संविधान जारी भएपछि निराश भएको बताउनुभयो ।

उहाँले माग संबोधन गर्नेतत्काल दतारुकता नदेखाए आन्दोलनरत अरु शक्तिहरुसँग मिलेर अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

उनले भन्नुभयो, ‘यो संविधानले मधेसको समस्या समाधान गर्न सकेन । अरु आन्दोलनरत शक्तिहरुसँग मिलेर थप आन्दोलनको घोषणा गर्छौ ।’

अध्यक्ष झाले मुलुकको आधा हिस्सा आन्दोलनमा रहेको बेला प्रधानमन्त्री न्यूयोर्क जानु उचित नहुने भन्दै मधेसीहरुको माग संबोधन गरेर मात्र जान सुझाव दिनुभयो ।