१० कार्तिक २०८३, मंगलबार

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १५७ रन बनाएको थियो । तर १५८ रनको विजयी रन पछ्याएको विराटनगर किंग्सलाई १४९ रनमा अलआउट गर्दै चितवनले आठ रनको जित हासिल गरेको छ ।

आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका सन्दीप लामिछानेले बलिङमा कुनै चमत्कार देखाउन सकेनन् । वेस्ट इन्डिजका आन्द्रे रसेलले १७ बलमा ३२ रन खेलेर इनिङ उकासे पनि चितवन राइनोजका बलर हाबी हुँदा विराटनगरले जितिसकेको खेल हार्न पुगेको छ ।