१० कार्तिक २०८३, मंगलबार

नयाँ संविधानको मुस्लिम संघ नेपालद्धारा स्वागत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । आइतबार जारी भएको नेपालको नयाँ संविधानको मस्लिम संघ नेपालले स्वागत गरेको छ ।

२००७ सालदेखि त्याग बलिदान र संघर्ष स्वरुप संविधानसभाबाट संविधान घोषणा भएको भन्दै संघले हार्दिक स्वागत गरेको जनाएको छ । संघका अध्यक्ष अब्दुल सत्तारले नेपालको संविधान नेपाली जनताले लेख्नुपर्छ भन्ने नेपाली कांग्रेसको २००७ सालदेखिको संघर्ष र नेपाली जनताको चाहना पूरा भएको उपलक्ष्यमा भव्य स्वागत गरिएको बताउनुभयो ।

‘युग परिवर्तनको यस ऐतिहासिक घडिमा लोकतन्त्र, शान्ति र विकासको स्थापनाका लागि नेपाली जनताले पाएको खुसीलाई मुस्लिम संघ नेपाल हार्दिक स्वागत गर्दछ ।’ अध्यक्ष सत्तारद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

press release