१० कार्तिक २०८३, मंगलबार

रोटरी फिस्टेलले विद्यालयलाई ७० लाख दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancyकास्की, ४ असोज । रोटरी क्लब अफ पोखरा फिस्टेलले वैशाख १२ को भूकम्पका कारण भत्किएको एक विद्यालय निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

कास्कीको रुपाकोटस्थित पृथ्वीरुपा माविको नयाँ भवन निर्माण गर्न फिस्टेलले रु ७० लाख उपलब्ध गराउन लागेको हो ।

विद्यालय र क्लबबीच रकम उपलब्ध गराउने सम्झौता भएको छ । क्लबका अध्यक्ष तेज गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रबहादुर सुयलले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

क्लबले छ कोठा र शौचालयसमेत निर्माण गर्नेछ । क्लबका तर्फबाट विद्यालय निर्माण समितिका संयोजक रहेका रमाकान्त बरालले विद्यालय निर्माणसँगै पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक जगत लामिछानेले स्थानीय जनसहभागितामा सञ्चालनमा रहेको विद्यालय निर्माण गर्ने कार्य कठिन रहेको अवस्थामा क्लबले पु¥याएको सहयोग सराहनीय रहेको बताउनुभयो ।

एक वर्षमा विद्यालयको निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको क्लबका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । रासस