३० आश्विन २०८३, शुक्रबार

संविधानसभा भवनबाट मधेसी नेतालाई केपी ओलीको कडा सुझाव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliकाठमाडौँ, ३ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा सबै क्षेत्र र वर्गको सुरक्षा र सम्मानको प्रत्याभूति गरिएकाले यसमा असन्तुष्ट हुन आवश्यक नभएको बताउनुभएको छ ।

संविधान घोषणा हुने समारोहमा प्रवेश गर्नु अघि अध्यक्ष ओलीले धेरै समयपछि दोस्रो संविधानसभाले संविधान ल्याउने सफलता पाएकाले यसलाई ठूलो सफलता मान्न आग्रह गर्नुभयो ।

उहाँले नेपाल र नेपाली जनताका लागि आजको दिन ऐतिहासिक भएको प्रतिक्रिया पनि दिनुभयो । रासस