काठमाडौं, ३ असोज । दोस्रो सत्तारुढ दल एमालेले नेपालको संविधान २०७२ जारी भएको उपलक्ष्यमा गर्न लागेको चियापन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
एमालेले सार्वभौमसत्ता सम्पन्न संविधानसभाले नेपालको संविधान २०७२ जारी गरेको उपलक्ष्यमा यही असोज ५ गते अपरान्ह १ बजेदेखि ५ बजेसम्म दशरथ रंगशालामा चियापान कार्यक्रम आयोजना गरेको हो ।
चियापानका लागि एमालेले ४० हजार निमन्त्रणा कार्ड वितरण गरेको उल्लेख गरेको छ ।
चियापानमा एमालेले पार्टीका आमसदस्य र सर्वसाधारणका लागि १ बजेदेखि ३ बजेसम्म तथा आगन्तुक पाहुनाहरूका लागि ३ बजेदेखि ५ बजेसम्मको समय मिलाएको छ ।
कार्यक्रम स्थलमा सुरक्षाकर्मीहरूले सुरक्षा दिनेछन् । एमालेको रातो ज्याकेट लगाएका एकसय स्वयंसेवकहरूले कार्यक्रमलाई व्यवस्थित बनाउने छन् ।
चियापानमा सबैका लागि पकौडा, निम्की, वर्फी, स्याण्डवीच, कालो चिया, सेतो चिया (चिनी भएको, चिनी नभएको) व्यवस्था गरिएको छ ।
यसका अतिरिक्त आमसहभागीका लागि थप स्याउ र विशिष्ट व्यक्तिहरूका लागि केराको प्रबन्ध गरिएको छ ।















प्रतिक्रिया