११ कार्तिक २०८३, बुधबार

विप्लवका बन्दकर्ताले रत्नपार्कमा बस जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fire-on-Bus-at-old-Buspark-1काठमाडौं, ३ असोज । बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीका बन्दकर्ताले काठमाडौंमा बस जलाएका छन् ।

दक्षिणकालीबाट यात्रु लिएर आएको बा ३ ख २९०९ नम्बरको बसले काठमाडौंको पुरानो बसपार्कमा यात्रुहरु ओरालिरहेको बेला बन्दकर्ताहरुले आगजनी गरेका हुन् । आगजनीका कारण बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगजनीपछि बन्दकर्ता फरार भएका छन् । उनीहरुको प्रहरीले खोजी गरिरहेको छ ।