१ कार्तिक २०८३, शनिबार

विप्लव माओवादीको बन्दले जनजीवन प्रभावित, सुरक्षा व्यवस्था कडा (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banda-Nepal-Mao-Biplab

बन्दका क्रममा प्रहरीले विप्लव माओवादीका दश नेता तथा कार्यकर्तालाई पोखराबाट पक्राउ गरेको छ । तोडफोड गर्ने, सवारी आवागमन अबरुद्ध बनाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विप्लव माओवादीले बन्दका क्रममा राजधानीका विभिन्न स्थानमा कोणसभाको कार्यक्रम पनि राखेको छ । संघीय समाजवादी फोरम नेपालसहितका दुई दर्जन बढी दलहरूले पनि राजधानीमा प्रदर्शन गरेका छन् । नेपालको संविधान २०७२ ले आदिवासी जनजाति, दलित, मधेसीलगायतको माग सम्बोधन नभएको भन्दै प्रदर्शन गरेको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।