१० कार्तिक २०८३, मंगलबार

देश संविधानमय बनेका बेला अनसन बसेका डा. केसीको चर्को आलोचना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govinda_kc

काठमाडौँ, २ असोज ।

देश संविधानमय बनिरहेका बेला त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसीले भने शनिबारदेखि पुनः आमरण अनसन सुरु गरेका छन् ।

माथेमा प्रतिवेदन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि जनाउँदै उनले आमरण अनसन सुरु गरेका हुन् । सरकारले आफूसँग गरेको सम्झौताको पूर्ण कार्यान्वयन नभएको भन्दै डा केसी अनसन बसेको यो सातौ पटक हो ।

चिकित्सा क्षेत्रको सुधारका लागि पटक–पटक अनसनरत डा केसीले छैटौँ पटकको अनसनपछि गत भदौ १९ गते सरकारसँग ११ बुँदे सहमति गरी अनसन तोडेका थिए ।

आमरण अनसनकै कारण सेलिब्रेटी बनेका डा केसीको यो अनसनको यसपटक भने सामाजिक सञ्जालमा केहीले चर्को आलोचना गरेका छन् । फेसबुकमा रमेश धमला लेख्छन् – ‘देश संविधानमय छ, केसी चैँ बेमौसमी बाजा बजाइरहेका छन् । धन्य हाम्रा डाक्टर !’

यसैगरी फेसबुकमै हिमाल पन्त लेख्छन् -‘डा केसी नाम कमाउन मात्रै अनसनमा बसेका हुन् कि के हो रु देशमा संविधान आउन लागेको बेला अनसन बस्नेलाई के भन्ने खै ?’

डा केसीका शुभेच्छुक चिकिस्तक तथा विद्यार्थीहरु समेत उहाँको जिद्दी स्वभावका कारण आजकल हैरान भएका छन् ।