काठमाडौं, २ असोज । कुनै समय नेपाली फिल्मका नायक भएका तथा पाइलट विजय लामाले फाइनान्सबाट लिएको ऋण तिर्न नसकेपछि धरौटीमा राखिएको घरजग्गा लिलामिका लागि सूचना निस्किएको छ ।
ललितपुरको मानभवनस्थित प्रिमियर फिनान्स लिमिटेडले शनिबार एक दैनिक पत्रिकामा सूचना निकालेर ३५ दिनभित्र ऋणको सावा व्याज तिन लामा र उनकी पत्नी रक्षा लामालाई आग्रह गरेको हो ।
पटक पटक ताकेता गर्दा पनि लामा दम्पत्तिले अटेर गरी ऋणको सावा ब्याज नतिरी प्रिमियर फिनान्सलाई डुबान खोजेपछि सो संस्थाले सूचना निकालेर धितो लिलाममा राखेको छ ।
३५ दिनभित्र लामाले रकम चुक्ता गरेनन् भने धरौटीवाफत राखिएको ललितपुर चक्रपथभित्र रहेको घर तथा जग्गा लिलाम हुनेछ ।
लामाले आफ्नी पत्नी रक्षा लामाको नाम खोलिएको ल्याटिन क्वाटर रेष्टुरेन्ट प्रालिका नाममा दुई वटा कर्जा तथा आफ्नो नाममा ऋण लिएको ३५ दिने सूचनामा उल्लेख छ ।















प्रतिक्रिया