उहाँको प्रस्ताव मधेसी मोर्चाका चार शीष नेताहरूले मान्ने कुनै लक्षण भने छैन । यो प्रस्तावलाई चार शीर्ष नेताले कदापि मान्ने छैनन् । तराई मधेसमा आन्दोलनका क्रममा हालसम्म ३४ जना आन्दोलनकारीको मृत्यु भइसकेको छ । आन्दोलनमा रहेका मधेसी र थारुहरूले माग पूरा नभएको भन्दै आएका छन् भने प्रमुख तीन दलहरूले माग सम्बेधन भइसकेको दाबी गरिरहेका छन् । ‘मधेस आन्दोलन– २०७२, एक कठिन मोडमा आएको छ’, महासचिव सुमनले भन्नुभएको छ, ‘३४ आन्दोलनकारीको मृत्यु भइसक्दा पनि कांग्रेस, एमाले र एमाओवादीले आफू अनुकुलको मधेस विरोधी संविधान बनाउन सफल भए ।’
















प्रतिक्रिया