रत्ननगर (चितवन), १ असोज । चितवनमा मोबाइल बिक्रीबाटै मासिक रु तीन करोडदेखि रु चार करोडसम्मको कारोबार हुने गरेको छ ।
एटुजेड मोबाइल हाउस चितवनका अध्यक्ष दिवाकर गुरुङका अनुसार पछिल्लो समयमा आधुनिक मोबाइलको माग बढ्दो रहेकाले बिक्री पनि बढ्दो क्रममा रहेको छ । नयाँ भर्सन र अपडेट मोबाइलमा ग्राहकको रुचि बढिरहेको भन्दै उहाँले मासिक मोबाइल बिक्रीको क्रम पनि बढी रहेको बताउनुभयो ।
जिल्लामा १५० भन्दा बढी मोबाइल बिक्री गर्ने पसल रहेका छन् । मोबाइल पसलमा अस्वस्थ्य प्रतिस्पर्धाका कारण समस्या परिरहेको उहाँले बताउनुभयो । एटुजेड मोबाइल हाउसले अहिले विश्वमा बनेका विभिन्न १२ कम्पनीका मोबाइल बिक्री गर्दै आएको जनाएको छ ।
मोबाइल ग्राहकलाई ध्यानमा दिँदै एटुजेड मोबाइल हाउसले चाडपर्वको अवसरमा ‘एटुजेड फेस्टिबल मोबाइल मेला’ को आयोजनासमेत गरिने आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । यही असोज ५ देखि १२ गतेसम्म मेलाको आयोजना गरिने छ ।
मेलामा ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ । मेलामा एकसय जनालाई सुनको सिक्का उपहार, स्कुटर, मोबाइललगायतका कार्यक्रम ल्याएको सो क्रममा जानकारी दिइएको थियो ।
इन्द्रदेव मार्ग नारायणगढ, केएल मल नारायणगढ र रत्ननगरको तीनवटै शो रुममा कार्यक्रम सञ्चालन हुने जनाइएको छ । रासस















प्रतिक्रिया