२१ कार्तिक २०८३, शनिबार

संविधानमा हस्ताक्षर गर्दा किन दुःखी भए कमल थापा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-thapaकाठमाडौँ, १ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माण प्रक्रिया एउटा हार जितको खेल भएको भन्दै खेल सकिएपछि रेफ्रीले जित्ने र हार्ने दुवैलाई हस्ताक्षर गराउने प्रक्रिया भए जस्तै आफ्नो पार्टीले पनि प्रक्रियामा सहभागी भएको बताउनुभएको छ ।

संविधानमा हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान निर्माणको प्रक्रियामा आफ्नो एजेन्डा स्थापित गराउन अन्तिम समयसम्म पनि कसरत गरेको उल्लेख गर्नु भयो ।

अध्यक्ष थापाले नेपाल सनातन हिन्दू राष्ट्र भएकाले त्यसको पक्षमा नेपाली जनताले व्यक्त गरेको अभिमतलाई सम्बोधन नभएको प्रति दुःख व्यक्त गर्नुभयो । मुलुकलाई विकास र आर्थिक समृद्धिको पक्षमा लैजानका लागि आफ्नो पार्टी निरन्तर लाग्ने र जनमतलाई रक्षा गर्न अधिकतम प्रयास गरिएको बताउनुभयो । रासस