२१ कार्तिक २०८३, शनिबार

वार्ता गर्न हिडेका गच्छदार बालुवाटारमा किन रिसाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-gachhedar

काठमाडौं, १ असोज । तीन दलका शीर्ष नेतासँग वार्ता गर्न बालुवाटार पुगेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार रित्तो हात फर्किएका छन् ।

विहीबार मध्यराति १ बजेसम्म भएको तीन दलसँगको छलफल सकारात्मक भएपछि शुक्रबार विहानै आफ्ना नेता लिएर बालुवाटार पुगेका गच्छदार आफ्नो प्रस्तावमा शीर्ष नेता गम्भीर नभएपछि निराश हुँदै फर्किएका हुन् ।

यो सँगै गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउने तीन दलको प्रयास असफल भएको छ । पार्टी महासचिव जितेन्द्र देवलाई लिएर बालुवाटार पुगेका गच्छदारले राखेको प्रदेशको सीमांकनसम्बन्धि मागमा विवाद भएपछि सम्झौता हुन नसकेको बालुवाटार स्रोतले बतायो ।

सहमतिका लागि हदैसम्म लचिलो हुँदा पनि तीन दलका शीर्ष नेताहरुले आफ्नो अडान नछाडेको भन्दै बैठकमा गच्छदार र देव निकै भावुक हुँदै रिसाएर निस्किएका थिए । गच्छदारलाई सहमतिमा ल्याउने तीन दलको एक चरणको प्रयास असफल भएको अवस्थामा दोस्रो चरणको वार्ता हुन सक्ने नेताहरु बताउँछन् ।