
काठमाडौं, १ असोज । थाइल्याण्ड राजधानी बैंककबाट आएको थार्इ एयरको जहाजमा आगो लागेको छ ।
शुक्रबार बैंककबाट एक सय भन्दाबढी यात्रु बोकेर काठमाडौं आएको थाई एयरको जहाजको अवतरण गर्ने क्रममा दायाँ चक्कामा आगो लागेको हो ।
चक्कामा आगो लागेको तत्कालै थाहा पाएपछि विमानस्थल प्रशासनले सबै यात्रुलाई फटाफट ओरालेर थियो । र तत्कालै प्राविधिकबाट चक्कामा लागेको आगो निभाएको छ । एयरपोर्टमै जहाजको चक्कामा आगो लागेपछि केहीबेर विमानस्थलमा खैलाबैला मच्चिएको थियो ।
विमानका सबै यात्रु सकुशल छन् । अहिले चक्कामा लागेको आगो प्राविधिकहरुले नियन्त्रणमा लिइसकेको विमानस्थल प्रशासनले जनाएको छ ।












प्रतिक्रिया