– दीपक अधिकारी
बेसीशहर, १ असोज । पत्रकार गणेश पाण्डे गृह जिल्ला लमजुङमा सम्मानित भएका छन् ।
पत्रकारिता मार्फत देश र समुदायको बिकासमा टेवा पु¥याएको भन्दै उनलाई लमजुङ मर्याङदी यूवा क्लबले बुधबार सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीनाले उनलाई दोसल्ला, खदा र प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।
बिगत १५ बर्ष देखि निरन्तर पत्रकारिता पेशामा आबद्व पाण्डेले दश बर्षे शशस्त्र द्वन्द्वकालको केही घटनालाई समेटी ‘अन्तिम सन्देशहरु’ र गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्पलाई समेटी ‘भाग्यले बाँचेकाहरु’ नाम बृत्तचित्र निर्देशन गरेका थिए ।
उनी हालै मलेसियामा भएको एक कार्यक्रममा समेत सम्मानित भएका थिए । सत्य तथ्य र वस्तुपरक समाचार लेख्न रुचाउने पाण्डेले दैनिक नेपाल अनलाईन पत्रिकाका सम्पादक हुन् ।















प्रतिक्रिया