२१ कार्तिक २०८३, शनिबार

नयाँ संविधानमा सभासदहरूले धमाधम हस्ताक्षर गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १ असोज । संविधानसभाबाट पारित भएको संविधानमा आज सभासदहरूले धमाधम हस्ताक्षर सुरु गरेका छन् ।

सभासदहरूले संविधानसभा सचिवालयले तोकेको समयभित्र पाँच थान नयाँ संविधानको कितावमा हस्ताक्षर गरिसक्नुपर्ने छ ।

सबै सभासदहरूले संविधानमा हस्ताक्षर गरिसकेपछि संविधानसभा अध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्ने कार्यक्रम छ ।

प्रमाणीकरण भएको संविधानलाई असोज तीन गते संविधानसभा भवन नयाँ बानेश्वरमा हुने विशेष कार्यक्रममा राष्ट्रपति डा.रामवरण यादवले घोषणा गरी जारी गर्नु हुनेछ ।

लामो प्रतिक्षापछि मुलुकले संविधानसभाबाट नयाँ संविधान पाएको छ ।