१० कार्तिक २०८३, मंगलबार

‘अमरेश, उपेन्द्र, राजेन्द्र र आङकाजी अहिलेका मुख्य खलनायक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-ameresh-rajendraकाठमाडौं, ३१ भदौ । युवा संघ नेपालका सचिव तथा युथ फोर्स प्रमुख चन्द्र लामाले संविधान बन्न नदिने मधेसी मोर्चाका केही नेता देशकै खलनायक बनेको बताएका छन् ।

युवा संघ को केन्द्रिय अभियान अन्तर्गत विहीबार बुटवलमा आयोजित सदभाव कार्यक्रममा सचिव लामाले शान्ति र संबिधानको बिरुद्धमा जनता उक्साउने, सद्भाब बिथोल्ने र हिंसा र अपराध बढाउने अमरेशकुमार सिंह, उपेन्द्र यादब, राजेन्द्र महतो र आङकाजी शेर्पा अहिले हाम्रो मुलुकका मुख्य खलनायकको भूमिकामा रहेको बताएका हुन् ।

उनले भने–‘पर्दा पछाडि को-को छन ? कुन–कुन झण्डा र आबरणभित्र छन् ? ढिलो चाडो पर्दाफास हुनेछ र जनताले नाङेझार पार्नेछन तर, अहिले प्रष्ट देखिएका यी खलनायकहरुलाई आम जनताले तिरस्कार गर्नेछन, प्रहरी माथि पेट्रोल बर्षाउनेलाई जनताले फूल बर्षाउने छैनन ढुङ्गा नै बर्षाउने छन ।’