२१ कार्तिक २०८३, शनिबार

बालुवाटारमा चार दलको बैठक छाडेर केपी ओली रातारात किन गए राष्ट्रपति निवास ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chairman of CPN (UML) KP Sharma Oli points media after a meeting of four political parties Nepali Congress, CPN (UML), UCPN (Maoist) and Madhesi Janadhikar Forum (MJF) - Democratic chair by the Prime Minister Sushil Koirala held on Tuesday at PM's Official Residence, Baluwatar, Kathmandu. Photo: Kumar Shrestha, RSS

– विमल योगी

काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रातारात राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा चार दल र थारु नेताबीच चलिरहेको वार्ता बैठक छाडेर अध्यक्ष ओली विहीबार राति राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न शीतल निवास गएका हुन् ।

बैठक छाडेर ओली एकाएक राष्ट्रपति भेट्न गएपछि नेताहरु अचम्ममा परेका छन् । एमाले स्रोतका अनुसार अध्यक्ष ओली आगामी असोज तीन गतेको नयाँ संविधान घोषणा, असन्तुष्ट पक्षसँगको वार्ता र आगामी सरकारको नेतृत्व लिने विषयमा राष्ट्रपतिसँग छलफल गर्न रातारात शीतल निवास गएका हुन् । राष्ट्रपतिको प्रमुख दलहरु बढेको दुरीलाई कम गर्न पनि ओली शीतल निवास गएको स्रोतको दाबी छ ।

अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष विद्या भण्डारी पनि शीतल निवास गएकी छिन् । यता बालुवाटारमा चार दलको वार्ता बैठक अहिले चलिरहेको छ । वार्तामा विजय गच्छदार र थारु नेताहरु सकारात्मक देखिएका छन् ।