काठमाडौं, ३१ भदौ । संविधान निर्माण प्रक्रियाबाट बाहिर रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार विहीबारदेखि वार्तामा आएका छन् ।
तीन दलका शीर्ष नेताको विशेष आग्रहमा गच्छदार विहीबार साँझ साढे ६ बजे वार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । संविधानसभाबाट बाहिरिएदेखि गच्छदार तीन दल शीर्ष बैठकमा सहभागी भएका थिएनन् ।
तीन दलका शीर्ष नेताको आग्रहमा गच्छदार वार्ता प्रक्रियामा सहभागी भएपछि अब छिट्टै सहमतिमा पुग्ने नेताहरुले बताएका छन् । बालुवाटार बैठकमा सहभागी एक नेताका अनुसार गच्छदारलाई संविधान निर्माण प्रक्रियामा ल्याउन सबै गम्भीर देखिएकाले आजै वार्ताले आजै सार्थकता पाउने सम्भावना रहेको बताए ।
अहिले बालुवाटार चार दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायत दोस्रो तहका नेता सहभागी छन् ।















प्रतिक्रिया