
काठमाडौं, ३१ भदौ । विजय गच्छदार नेतृत्वको संयुक्त मधेसी मोर्चालाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक सुरु भएको छ ।
संविधान घोषणा हुनु अगावै गच्छदारलाई जसरी पनि वार्तामा ल्याउन बैठकमा गम्भीर छलफल हुने बताइएको छ । अनौपचारिक वार्तामा गच्छदार सकारात्मक देखिएपछि औपचारिक रुपमा कसरी वार्ता ल्याउने विषयमा तीन दलको बैठक केन्द्रीत रहेको छ ।
बैठकमा नयाँ संविधान घोषणा, भावी सरकार, संविधानसभा बाहिर रहेका मधेसी र थारु समुदायलाई कसरी समेट्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत दोस्रो तहका नेता सहभागी छन् ।















प्रतिक्रिया