३० आश्विन २०८३, शुक्रबार

आन्दोलनमा हस्तक्षेप गरे जिउँदै जलाउने रुपन्देहीका मधेसी नेताको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-rupandehi

– विवेक विश्वकर्मा
भैरहवा, ३१ भदौ । सीमाकंन र नामाकंनको बिरोधमा बिगत ३६ दिनदेखि आन्दोलनमा रहेका मधेशी दलहरु संविधान पारित भएको अवस्थामा आगामी दिनमा हिंस्रक भएर जाने देखिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेताहरुले अबको दिन राजमार्ग र भन्सारमा आन्दोलन केन्द्रित गर्ने बताएका छन । भन्सार हुँदै कुनै पनि सवारी नेपाल भित्रियो भने सवारी मात्र हैन त्यसमा सवार सबैलाई जलाईदिने भनि भैरहवामा मधेशी मोर्चाका नेताहरुले चेतावनी दिएका छन ।

भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि मोर्चाका संयोजक महेन्द्र यादवले यस्तो चेतावनी दिएका हुन । सर्वोच्च अदालतको गोली नचलाउने अन्तरिम आदेश हुँदाहुँदै रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले निर्दोषहरुको हत्या गरेको बताउँदै रुपन्देहीका सिडिओ तथा प्रहरी प्रमुखहरुलाई कारवाहीको समेत माग गरेको छ । मोर्चाले एक प्रेस बिज्ञप्ती जारी गर्दै प्रहरी प्रमुख तथा सिडिओ बाहेक अन्य दोषीहरुको पहिचान गरि कडा कानूनी कार्यवाहीको माग गरेको छ ।

संयुक्त थरुहट संघर्ष समितिका रुपन्देही संयोजक शतिष चौधरी, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव, संघिय मधेशी मोर्चाका रुपन्देहीका संयोजक देवेन्द्र पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका बिज्ञप्तीमा प्रहरीले उद्योगको लागि सवारीहरुको स्कर्टिङ्ग नगर्ने लिखित सम्झौता भएको दावी गरेका छ ।

बेथरी घटनाको नेपालका न्यायिक निकाय, मानवअधिकार देखी युएन सम्म मुद्दा दर्ता गर्ने जानकारी पनि दिए । मृतकहरुलाई शहिद घोषणा, आश्रित परिवारलाई राज्यले शिक्षा र रोजगारीको माग गर्दै घाइतेहरुलाई निःशुल्क उपचारको ब्यावस्था गर्न मोर्चाले बिज्ञप्ती मार्फत माग गरेको छ ।

राज्यले अहिले मधेसीहरुलाई नेपालीको ब्यवहार नदेखाएको हुदा भोलीदेखि जिल्ला प्रशासन कार्यालयमा नागरिकता बुझाउने कार्यक्रम पनि रहेको मोर्चाको निर्णय भएको सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारीले) बताए ।

भदौ २९ गते भैरहवा–लुम्बिनी सडक खण्डको बेथरीमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुदा हाटबजारमा रहेका २ नाबालक सहित ४ जनाको मृत्यु भएको थियो भने दर्जन बढी घाईते भएका छन । मृतकहरुको अहिले सम्म अन्तेष्टि हुने सकेको छैन । यसैबीच स्थानिय प्रशासनले बेथरीमा बिहान ७ बजेदेखी १० बजे सम्म कफ्र्यु खोलेको थियो । कफ्र्यु आज राती १० बजे सम्मको लागी थपिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले जानकारी दिए ।

रुपन्देहीका मधेसी नेताले निकालेको विज्ञप्तीः

User Comments