३० आश्विन २०८३, शुक्रबार

राजधानीमा फूपूका प्रेमीबाट युवतीको सामूहिक बलात्कार, गुप्तांङ्गका कपडा पनि छाडेनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeist-lalitpurकाठमाडौं, ३० भदौ । राजधानीमा एक युवतीको सामुहिक बलात्कार भएको छ ।

दोलखा घर भई राजधानीको कपनमा बस्दै आएकी युवतीको ललितपुरको सुनाकोठीमा फूपूका प्रेमीको समूहबाट सामूहिक बलात्कार भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

कपन डेरा गरी बस्ने ती युवतीको ललितपुर फूपूको डेरा बस्न गएको समयमा सोमबार सुनाकोठीमा बलात्कार भएको हो । सामुहिक बलात्कार संलग्न अभियोगमा चार जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरका १८ वर्षीय राकेश मगर, विशाल सिंतान, २९ वर्षीय अम्बर बाहादुर मगर र माक्स भन्ने मिलन महर्जनलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

उनीहरुले सुनाकोठी बजारमा लाग्ने जात्रा हेर्न फूपूको डेराकोठा आएकी ती युवतीलाई टुटुल्के भिर, सुनाकोठी लगेर जबरजस्ती भुँइमा लडाइ पालैपालो जबरजस्ती करणी गरेका थिए ।

यस्तो छ घटना विवरण :

केशको व्यहोराः- जिल्ला दोलखा काटाकुटी गा.वि.स. वडा नं. ८ स्थायी घर भई हाल काठमाण्डौ कपन स्थितमा डेराकोठा गरी बस्ने परिवर्तीत नाम चापागाउँ न मिति २०७२।०५।२८ गते अन्दाजी १४:०० बजेको समयमा ललितपुर जिल्ला, ललितपुर उप.महानगरपालीका वडा नं २६ स्थित फुपुको डेराकोठामा आएकीमा सोही स्थानमा खाना समेत खाई साझँपख सुनाकोठी बजारमा लाग्ने स्थानिय जात्रा हेर्नका लागी फुपु र निजको प्रेमी भनिएका हालका प्रतिवादी राकेश मगर तथा अन्य विशाल सिंतान,अम्बर बाहादुर मगर र माक्स भन्ने मिलन महर्जन समेत सँग गएकीमा अन्दाजी ३ घण्टा सम्म सो जात्रा हेरी सबै जना सँगै फुपुको कोठामानै सुत्ने भनि आएकामा कोठामा आए पश्चात निज प्रतिवादीहरुले अपशब्द बोल्नुका साथै शरिरमा छुने जिस्कने जस्ता कृयाकलाप गरेकाले जिल्ला काठमाण्डौ कपन स्थितमा डेराकोठा गरि बस्ने दिदिको डेराकोठामा जानका लागी भनि ट्याक्सी खोज्न अन्दाजी २२:३० बजेको समयमा बाहीर निक्लीएकी निज पिडीतलाई प्रतिवादी हरुले हामी ट्याक्सी खोजी दिन्छौ भनि विश्वासमा पारी साथमा लिई गई हालको वारदात स्थान जिल्ला ललितपुर लपु.उप.न.पा.वडा नं २६ टुटुल्के भिर,सुनाकोठी भन्ने स्थानमा पुगे पश्चात चारै जनाले जबरजस्ती भुँइमा लडाइ पालै पालो जबरजस्ती करणी गरी निजहरु सो स्थान बाट भागी फरार भएकोमा वारदातमा संलग्न निज प्रतिवादीहरुको खोजतलाश गर्ने क्रममा जिल्ला काठमाण्डौं सून्धारा स्थितमा लुकी छिपी बसेको अवस्थामा प्रतिवादी मध्यको राकेश मगर, विशाल सिंतान र अम्बर बाहादुर मगर र माक्स भन्ने मिलन महर्जन समेतलाई नियन्त्रण लिईएको अनुसन्धान कार्य भईरहेको ।

पिडीत मिति २०७२।०५।२९ गते विहान ०४:०० बजेको समयमा महानगरीय प्रहरी वृत चापागाउँको र्सर्म्पका आए पश्चात पिडितको स्वास्थ्य परिक्षण गर्राई घटनास्थल मुचुल्का लगाएतको कार्य सम्पन्न गरी घटनास्थलबाट विर्य जस्तो पदार्थ समेतको कण्डम, कण्डमका खोल र पिडीतको पाईन्ट तथा पेन्टी समेत बरामद गरीएको, घटनास्थल यस कार्यालय बाट ५ कि.मि.उक्तर तर्फपर्ने, प्रतिवादीहरुलाई पक्राउ गरी  सम्मानित ललितपुर जिल्ला अदालतबाट मिति २०७२।०५।२९ गतेबाट लागु हुने गरी म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।