३० आश्विन २०८३, शुक्रबार

मोडल क्वेस्ट शोमा भाग लिन बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hazel-Keech-Looking-Hotकाठमाडौं । ब्रिटिस मोडल तथा बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउँदैछिन् ।

आगामी ९ असोजमा राजधानीमा सम्पन्न हुने ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल–२०१५’ मा बिशेष अतिथिको रुपमा ‘शोज टपर’को भूमिका निर्वाह गर्र्न काठमाडौं आउँदैछिन् ।

हलिउडको ह्यारी पोर्टर सहित बलिउडको सलमान अभिनित बडिगार्ड सहित म्याक्सिमम्, तेल्गु फिल्म कृष्णम वान डे जगद गुरुम् सहित दर्जनौ फिल्म उनले खेलिसकेकी छिन् । फिल्म म्याक्सिमम्को आ अन्टे अमलापुरम्…को आईटम डान्सबाट चर्चा कमाएकी उनले यस पटक मोडल क्वेस्टमा क्वाटवाक गर्नेछिन् ।

आयोजक युहान इन्टरनेशलन इभेन्ट प्रालिका प्रबन्ध निर्देशक सानु खानका अनुसार झलक दिखला जा–६, बिगबोस–७, कमेडी सर्कस–२०१३ सहित विभिन्न कार्यक्रममा सहभागी भएर समेत कमाएकी हेजेल ब्रिटेनकी टप मोडलमा पर्दछिन् । सोही कारण नयाँ पुस्तालाई मोडलिङमा अबसरसँगै स्थापित गराउन आयोजना गर्न लागिएको मोडल क्वेस्टको बिशेष अतिथिको रुपमा उनलाई ल्याउन लागिएको पनि खानले जानकारी गराए । उनी ८ असोजमा काठमाडौं झर्नेछिन् ।

सोही साँझ उनले प्रेसलाई भेट्न तयारी भईरहेको आयोजक खानले बताए । ९ असोज अपरान्ह ४ बजेबाट राजधानीमा सुरु हुने ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल–२०१५’ उनी विशेष अतिथिको रुपमा ¥याम्पमा उत्रने छिन् ।

यो प्रतियोगितामा युवा र युवती गरेर ५० जना प्रतियोगी छन् । उपाधि बिजेता मोडल क्वेस्ट घोषणा हुनुका साथै एकलाख नगद, म्युजिक भिडियोमा मुख्य मोडल सहित विभिन्न अबसर प्राप्त गर्नेछन् । यो कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरिरहेका छन् भने यस कार्यक्रमको परिकल्पनाकार सँजिता श्रेष्ठ हुन् । कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको परिकल्पनाकार तथा युहान इन्टरनेशलनकी अध्यक्ष श्रेष्ठले बताईन् ।