३० आश्विन २०८३, शुक्रबार

बालदिवससँगै जन्मेको सूर्योदय आइकन–२०७२

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_1266

काठमाडौं, ३० भदौ । किताबका पानाभित्र विद्यालय सीमित हुँदैन । हजार मस्तिष्कभित्र हजार प्रतिभा हुन्छन् जसलाई निखार्ने उद्देश्यले छब्बीसौँ राष्ट्रिय बालदिवसका अवसरमा घट्टेकुलोस्थित सूर्योदय आवासीय माध्यमिक विद्यालयले एक विशेष समारोहकाबीच सूर्योदय आइकन-२०७२ को खोजी गरेको हो ।

साना बालबालिकाहरू सृजनाका खानी हुन् कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रस्तुत गरेका हरेक आकर्षक प्रस्तुतिहरूले उपस्थित अभिभावक तथा अतिथिहरूको मन तानेको थियो ।

नेपालकी चर्चित नायिका ऋचा शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा गायिका रजिना रिमाल, चर्चित फोटोग्राफर राजभाइ सुवाल, नायक गजित विष्टलगायत अन्य सङ्गीत र कला क्षेत्रका विशिष्ट व्यक्तित्व साथै अभिभावकहरूको समेत उल्लेख्य उपस्थिति थियो ।

विद्यालयले आफ्नो आँगनीमा गरेको यो प्रतिभाको खोजीमा गीत, सङ्गीत, नृत्य, व्यङ्यात्मक प्रहसन विविध सन्देशमूलक नाटकहरूको समेत प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण थिए ।

हरेक प्रस्तुति आफैँमा उत्कृष्ट थिए तर उत्कृष्टभित्रको उत्कृष्टमा पर्न सफल हुनेमा समूह ‘क’ बाट प्रथम द्वितीय र तृतीय क्रमशः ममिना राई, एलिस कटुवाल र ओम बिक्रम थापा त्यस्तै समूह ‘ख’ बाट प्रथम, द्वितीय र तृतीय क्रमशः आयोनेश र विश्वास, गृष्मा हुमागाईं र प्रसिद्धी पराजुली साथै समूह ‘ग’ बाट प्रथम, द्वितीय र तृतीय क्रमशः अनिकेत अधिकारी र विशाल शाही, शृङ्खला र राजकुमार राई घोषणा भए ।

सबै विद्यार्थीलाई प्रमाणपत्र र मेडलबाट सम्मान गरियो । त्यस्तै सूर्योदय आइकन–२०७२ को उपाधि अनिकेत अधिकारी र विशाल शाहीले संयुक्त रुपमा हात पारे ।

उक्त बालदिवसका अवसरमा विद्यालय तथा शिक्षक शिक्षिकाहरूका तर्फबाट सम्पूर्ण विद्यार्थीलाई उपहारसमेत प्रदान गरिएको थियो ।

कक्षा नर्सरीदेखि तीनसम्म प्रथम समूह कक्षा ४ देखि ६ सम्म दोस्रो समूह र ७ देखि १० सम्म तेस्रो समूह बनाइएको थियो । तीनै समूहबाट एकल तथा समूहगत गरी जम्मा ५८ समूह प्रतिस्पर्धी थिए ।

ती समूहबाट सहभागी प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान प्रदान गरिएको थियो । प्रमुख अतिथिका तर्फबाट बोल्नुहुँदै नायिका ऋचा शर्माले सूर्योदय त साँच्चिकै प्रतिभा उमार्ने फूलबारी नै रहेको बताउनुभयो । उहाँले बालदिवसमा गरिएको यस्तो कार्यक्रम निकै सान्दर्भिक रहेन बताउनुभयो ।

यसैगरी विद्यालयका प्रिन्सिपल एवम् प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष लक्ष्यबहादुर के.सी.ले विद्यार्थीको चौतर्फी विकासका साथै प्रतिभा प्रस्फुटनका लागि आफूहरूले यस्ता कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

साथै कार्यक्रम संयोजक सुनिल शर्माले भन्नुभयो, ‘वर्तमानभित्र भविष्य खोजिरहेछौँ, सुषुप्त प्रतिभा ब्युँझाउने अभियान यस कार्यक्रमको मुख्य अभिष्ट हो ।’

यसै गरी निर्णायकका तर्फबाट बोल्नुहुँदै सुरसंगीत विद्यालय पुतलीसडकका अध्यक्ष नरहरि प्रेमीले उत्कृष्ट तीन विद्यार्थी क्रमशः राजकुमार चेपाङ्, डेभिड तामाङ् र सुमिर गिरी लाई ३०००।– (तीनहजार) बराबरको गिफ्ट ह्याम्पर र अन्य सातजना क्रमशः संगम विष्ट, साकार दाहाल, आयोनेश भट्टराई, मामिना राई, एलिस कटुवाल, अनिकेत अधिकारी र विशाल शाहीलाई विशेष उपहार प्रदान गर्ने घोषणा गर्नुभयो ।

IMG_0699 IMG_1143
IMG_1339
IMG_1373 IMG_1407 IMG_1655 IMG_1686 IMG_1702