१० कार्तिक २०८३, मंगलबार

बालिका बलात्कार गर्ने फरार अभियुक्त १० वर्षपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_victim_bravery balatkarपाँचथर, ३० भदौ । जिल्ला अदालतबाट जबर्जस्तीकरणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् ।

साबिक चोकमागु–३, हाल फिदिम नगरपालिका–१ का ३२ वर्षीय मणिराज भन्ने सनबहादुर नेपालीलाई प्रहरीले इलामको हर्कटेबाट १० वर्षपछि पक्राउ गरेको हो ।

उनीविरुद्ध २०६२ कात्तिक १३ गते १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतले दोषी ठह¥याउँदै ५ वर्षको कैद सजाय सुनाएको थियो । उनलाई पुर्पक्षका लागि मङ्गलबारै जिल्ला कारागार चलान गरिएको छ । रासस