१ कार्तिक २०८३, शनिबार

करोडौँको खानेपानी आयोजना अलपत्र

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancyदाङ, ३० भदौ । दाङको मानपुुर र विजौरी गाविसमा विसं २०५८ देखि सुरु भएको करोडौँको खानेपानी आयोजना अलपत्र परेको छ ।
मानपुर गाविस–१, २, ३, ४, ५, ६ र विजौरी गाविस–७ का गरी करिब दुई हजार घरधुरीका लागि ७२ वटा सामुदायिक धारामा पानी वितरण गर्ने उद्देश्यले सुरु भएको आयोजना अलपत्र अवस्थामा पुगेको हो ।

अधिकांश धारा जीर्ण अवस्थामा पुग्दासमेत पनि काम सुरु नगरेको मानपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निवर्तमान अध्यक्ष गिरिराज केसीले बताउनुभयो ।

जिल्ला विकास समिति दाङ र जिल्ला प्राविधिक कार्यालयको गैरजिम्मेवारीपनका कारण पानी वितरणमा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

योजना सुरु गर्दा उपभोक्ताको श्रमदान र नगदसहित २५ प्रतिशत लगानीका साथै एक करोडभन्दा बढी लगानी भइसकेको समेत अध्यक्ष केसीले बताउनुभयो । रासस